logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ


अंकुरण खबर
1.924K
Shares

कैलालीमा असई हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र हवल्दार रामबहादुर साउँद सीमा क्षेत्रमा गस्तीका लागि ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । प्रहरी जवान रामबहादुर साउँद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।