logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु


अंकुरण खबर
1.378K
Shares

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा शनिबार बेलुका रिपोर्ट पोजेटिभ आएका कोरोना भाइरस संक्रमित एक वृद्धको बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय वृद्धलाई निमोनियाको समस्या देखिएपछि वृद्धलाई शनिबार बिहान उपचारका लागि नोबेल अस्पताल  पुर्‍याइएको थियो ।

त्यस क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई कोभिड आइसोलेसनमा सारिएको थियो।

आइतबार बिहान ४ बजे उनको मृत्यु भएको नोबेल अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।