logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १,६९८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.378K
Shares

काठमाडौं उपत्यकामा थप १,६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १,४६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर उच्च रहेको छ ।