नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ९४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर २ हजार ३२६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।