logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २ हजार ३२६ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
884
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  ९२ हजार १ सय ६६ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार आज १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।