logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ११ लाख १८ हजार १६७ जनाको मृत्यु, धेरै संक्रमित हुने देशमा पहिलो अमेरिका,दोस्रो भारत र तेस्रो ब्राजिल


अंकुरण खबर
897
Shares

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ करोडभन्दा संक्रमित भएका छन् भने ११ लाख १८ हजार १६७ जनाको मृत्यु भएको छ ।

यो समचार तयार पार्दासम्म ११ लाख १८ हजार १६७ जनाकाकके ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एकै दिन ३ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएसंगै ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ ।
त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भारतमा ७५ लाख ८८ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । यस्तै तेस्रो धेरै संक्रमित हुने देशमा ब्राजिल रहेको छ । ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ ।

नेपालमा अहिलेसम्म १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने,७ सय ३९ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार १ सय ६६ जना निको भएका छन् ।