Breaking Newsअन्तर्वार्ता

बच्चाको आँखामा यस्ता लक्षण देखिन्छ ! कतै क्यान्सर (रेटिनो ब्लास्टोमा) त भएको छैन्…

पछिल्लो समय जुनसुकै क्यान्सरका बिरामी बढेको पाइन्छ । त्यसमा बच्चाको आँखाको क्यान्सर हुने क्रम पनि बढ्दो छ । बच्चाको आँखामा क्यान्सर भएको थाँहा पाउन सकिन्छ । तर अभिभावकको चेतना कम र बेवास्ताक कारण बच्चाको आँखामा क्यान्सर भई मृत्यु समेत हुनसक्छ । बच्चाको आँखामा क्यान्सर किन हुन्छ ? कसरी थाँहा पाउने ? अंकुरण खबरका लागि आँखा रोग विशेषज्ञ डा.पारस पंजियार यस्तो सुझाव दिन्छन् ….

क्यान्सर प्राणघातक रोग हो । तर क्यान्सर सम्वन्धि जुन जनधारणा छ, यो धेरै जटिल,महंगो ,निकै नहुने आदि त्यसो भने हैन् । बेलैमा क्यान्सरको सही उपचार ग¥यो भने यो पूर्ण निको हुने,छिट्टै निको हुने र आवश्यक सावधानी अप्नाए पुनः नदोहोरीने रोग पनि हो ।

बच्चाको आँखामा लाग्ने क्यान्सर (रेटिनो ब्लास्टोमा) के हो ?

धेरैलाई अझै पनि थाँहा छैन बच्चाको आँखामा क्यान्सर हुन्छ । यद्यपी पछिल्लो समय बच्चाको आँखाका क्यान्सर हुने क्रम पनि बढी देखिएको छ । रेटिनो ब्लास्टोमा बच्चाको आँखामा लाग्ने क्यान्सर हो । यो विशेषतः ५ वर्ष भन्दा मुनिका बच्चा देखापर्छ । केही लक्षण देखिए पनि ख्यालनै नगर्दा थाँहै नपाई रेटिनो ब्लास्टोमाले बच्चाको ज्याननै लिन सक्दछ । यो निकै छोटो समयमा फैलिने गर्छ ।

के कारणले हुन्छ बच्चाको आँखामा क्यान्सर ?

रेटिनो ब्लास्टोमा वंशाणुगत कारणले हुने गर्छ । आमा बुवा या अग्रज कसैमा यस्तो रोग भए बच्चामा देखिन सक्छ । साथै पहिलो बच्चामा रेटिनो ब्लास्टोमा भए अर्को बच्चा जन्मदा उसमा २५ देखि ३३ प्रतिशत हुने संभावना रहन्छ । यो केही बच्चामा एक आँखामा हुन्छ भने कोहीमा दुवै आँखामा समेत हुन सक्छ ।

यसका लक्षणहरु के के हुन ?

१.आँखाको कालो भागको बीचमा सेतो दाग देखिनु ।
२.फोटो खिच्दा वा लाइट पर्दा सेतो दाग टल्किनु ।
३.आँखा रातो हुनु ।
४.आँखा असामान्य वा डेडो हुनु ।
५.आँशु आइराख्नु,दुख्नु ।
६.दुष्टि कम हुनु,हिडडुल गर्दा ठोक्की रहनु
७.सेतो दाग विस्तारै फैलदै जानु ।
८.अलि लामो समय भए आँखमा मासुको डल्ला पलाउनु र विस्तारै आँखा बाहिरै निस्कने समेत हुन सक्छ ।

कसरी फैलिन्छ आँखाको क्यान्सर र बच्चाको मृत्यु हुन्छ ?

यो बच्चा जन्मनि बितैकै पनि देखिन सक्छ वा हुर्कदै गर्दा विस्तारै पनि देखिन सक्छ । मूख्यतः आँखाको नानीमा देखिने सेतो दाग विस्तारै ठुलो हुदैं जान्छ । आँखाको नशा मस्तिष्कसंग जोडिएकाले मस्तिष्क फोक्सो, कलेजो हुँदै हाडमा फैलिन्छ र बच्चाको मृत्यु हुन्छ । तर सुरुवाती चरणमै उपचार गराए पूर्ण निको हुन्छ । जति पछि भयो यति उपचार गर्दा पनि निको नहुन सक्छ ।

उपचार पद्धति :

सुरुमा शंका लाग्ने वित्तिकै सिटीस्क्यान वा एमआरआई गरिन्छ । त्यस पछि कुन चरणमा क्यान्सर पुगेको छ त्यही अनुसार उपचार पद्धति अबलम्वन गरिन्छ ।

बच्न के गर्ने ?
अपवाद बाहेक वंशाणुगत कारणले लाग्ने भएकाले पहिले कसैलाई लागेको छ भने सम्वन्धित चिकित्सकसंग परामर्शमा रहनु पर्छ । बच्चा जन्मिएको एक महिनाभित्रै आँखाको परीक्षण गराउनु पर्छ । त्यस पछि पनि तीन–तीन महिनाको अवधिमा आँखाको परीक्षण गराउनु पर्छ ।

यदि पहिले अग्रज कसैलाई छैन भने पनि बच्चाको नियमित आँखा जाँच गराउँदा यो रोग लागे सुरुमै जानकार भई उपचार गर्न सकिन्छ । यसको साथै गर्भअवस्था देखिनै सन्तुलित स्वस्थकर खाना,शारीरिक व्यायम,नियमित स्वास्थ परीक्षण गर्नाले अन्य रोगबाट पनि बच्न सकिन्छ ।

(डा.पंजियार ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन्)

Comment here