logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो


अंकुरण खबर
767
Shares

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख ९ हजार ८ सय ७७ पुगेको छ ।

विश्वमा एकैदिन ३ लाख २० हजार ५ सय ६५ जना नयाँ संक्रमित पुगेसंगै यो संख्या पुगेको हो । त्यस्तै कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८ सय ९९ जना मानिसको मृत्यु भएको छ ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख १८ हजार ९८ पुगेको छ ।

विश्वमा तीन करोड ९५ लाख ४ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् ।