logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै


अंकुरण खबर
871
Shares

नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।

चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने धार्मिक विश्वास छ । दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका नौ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा नित्य पूजा मात्रै गरिँदै छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गरिन्छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामनालगायतका शक्तिपीठहरुमा विशेष पूजा गरिन्छ ।

कोरोना त्रासका कारण यो बर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा भने रोक लगाइएको छ ।