logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार शिवहरी पौडेललाई मातृशोक


अंकुरण खबर
4.017K
Shares

कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ ।

पौडेलको आमाको निधनको बारेमा अर्की कलाकार दिपाश्री निरौलाले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् । पौडेलको आमाको एक सय बर्षको उमेरमा निधन भएको दिपाले उल्लेख गरेकी छन् । उनले फेसवुकमा लेखेकी छन्, ।

“१०० सम्म आमाले सन्तान लाई माया अनि दाईले आमा भन्न पाउनु भो , मन त भारी हुन्छ त्यो पिडा मलाई नी थाहा छ तर मनलाई बुझाउनु पर्छ दाई ।। भावपूर्ण श्रद्धांजली आमाको आत्माले शान्ती पाओस ।”

त्यस्तै कलाकार पौडेलले पनि सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनी फेसवुकमा लेख्छन्, “दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीको लागि यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएको छु । आमा, फेरी पनि मलाई माफ गर्नुहोला ।”