logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलाली असई मृत्यु प्रकरण : विकको शव आफन्तले बुझेनन्, प्रहरी जवान साउद अझै बेपत्ता


अंकुरण खबर
637
Shares

नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको शव आफन्तले बुझेका छैनन् ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ को अस्थायी प्रहरी बिट जुगेडामा इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो ।

ड्युटीकै क्रममा हत्या गरिएका विकका आफन्तले घटनाबारे सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेका छन् । विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यस्तै ड्युटीकै क्रममा बेपत्ता भएका प्रहरी जवान रामसिंह साउद भने अझै बेपत्ता छन् । साउदको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाइल फेला परे पनि अवस्था पत्ता लाग्न सकेको छैन । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।