केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकले गरे आत्महत्या
सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन् ।
सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले आज विहान अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । हाम फालेपछि गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको गौशाला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन । उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए । आगोले हातखुट्टा पोलेपछि उनलाई उपचारका लागि केएमसी ल्याइएको थियो।
कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ ।