आईपीएल क्रिकेटमा सट्टेबाजी गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नम्वर १६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट प्रहरीले तीन जना पक्राउ गरेको हो ।
साह सहित प्रहरीले ३५ वर्षीय मन्जित साह र २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले २८ हजार रुपैयाँ समेत बरामद भएको छ ।
नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।