logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा ५ वर्षीया बालिका बलात्कृत, १९ वर्षीय किशोर पक्राउ


अंकुरण खबर
741
Shares

काठमाडौंमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका-७ रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेज बहादुर रोक्कालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

रोक्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।