गृह मन्त्रालयले संकटकाल र कर्फ्यू लाग्ने भन्ने सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएको छ ।
सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर गलत सूचना फैलाइएको पाइएपछि सोमबार विज्ञप्ति जारी गरी गृहले सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको स्पष्ट पारेको हो।
गृह प्रवक्ता एवं सह(सचिव चक्रबहादुर बुढाले एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको बताएका छन्।
