logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.469K
Shares

काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर उच्च रहेको छ ।