logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीसहित मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने


अंकुरण खबर
611
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अन्य सबै मन्त्रीहरुले दसैं खर्च कोरोना कोषमा जाम्मा गर्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का अन्य सदस्यले पाउने दसैं खर्च वापतको रकम सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई पनि सरकारी कोषमा जम्मा गर्न आग्रह गरिएको जानकारी दिए ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए ।