काठमाडौं क्षेत्र नं ७ ख का प्रदेश सभा सदस्य माननीय प्रकाश श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नं ५स्थित पृथ्वी नारायण माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुलाई स्टेस्नरी तथा ब्रेललिपि किन्न रु. ६० हजार सहयोग गरेका छन् ।
दृष्टिबिहीन विद्यार्थीहरुको सिकाइ सहज र प्रभावकारीताका लागि श्रेष्ठले सोमवार विद्यालय व्यावस्थापन समितिका अध्यक्षलाई सो रोकम हस्तानतरण गरेका हुन् ।
त्यस्तै श्रेष्ठले केही दिन अघि आफुले अध्ययन गरेको ज्यावहालमा रहेको नवयुग मावि काठमाडौंलाई कम्प्युटर खरिद गर्न रु.५८ हजार र इचंगुनारायण आधारभुत विद्यालयलाई विद्यार्थीको लागि जुक्ता खरिद गर्न रु.५० हजार सहयोग गरेका छन् ।
गुणस्तरीय शिक्षालेनै समाज रुपान्तरण संभव हुने भन्दै सांसद् श्रेष्ठले आफ्नो पारिश्रमिकबाट शैक्षिक क्षेत्रमा सहयोग गरेको बताए । सांसद् श्रेष्ठले विगतमा पनि आवश्यक्ता अनुसार विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।