logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हिजो कोरोना पुष्टि भएकी ४१ वर्षीया महिलाको आज विहानै मृत्यु


अंकुरण खबर
1.443K
Shares

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा आज (मंगलबार) विहान एक ४१ वर्षीया महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको उपचारको क्रममा रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाई आईसीयू राखेर उपचार गरिएको थियो । उनका आज विहान ५: १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

उनमा सुगरको समस्या समेत रहेको थापाले बताएका छन् ।