अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठलाई काजमा राष्ट्र बैंकबाट अर्थ मन्त्रालय ल्याइएको हो । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि काठमाडौं फर्किएका थिए।
उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए ।
यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकबाट निर्देशक डा. रामशरण खरेललाई अर्थमन्त्रालय ल्याएका थिए ।