logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा प्रहरीको हत्या प्रकरण : वेपत्ता प्रहरी जवान साउदको शव पनि मोहना नदीमा फेला


अंकुरण खबर
1.794K
Shares

बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट ३ सय मीटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले साउदको शव नदीमा भेटिएको जानकारी दिए ।

उनले प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिएका हुन् ।

गत शनिबार प्रहरी सहायक निरीक्षक बिकसँगै प्रहरी जवान साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए । विकको विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए ।

यता पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेको बयान प्रहरी समक्ष दिएपछि प्रहरीले खोजतलासलाई तिव्र पारेका थिए ।

उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।