logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली विवादलाई केन्द्रबाट हस्तक्षप नगर्न ओलीलाई प्रचण्डको आग्रह


अंकुरण खबर
1.066K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छ ।

बालुवाटारमा भएको भेटमा प्रचण्डले कर्णालीमा देखिएको पार्टी विवादलाई केन्द्रबाट हस्तक्षप नगर्न ओलीलाई आग्रह गरेका छन् । प्रचण्डले प्रदेश कमिटी अन्तर्गत नै समस्या समाधान गर्न प्रस्ताव राखेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘कर्णालीको विवादमा केन्द्रबाट हस्तक्षप नगरी उतै मिलाउनुपर्छ भनेर अध्यक्षले प्रस्ताव राख्नुभयो,’ उनले भने । प्रचण्डको प्रस्तावमा ओलीले भने प्रतिक्रिया जनाएका छैनन्।

प्रचण्डले केन्द्रको निर्देशन अनुसार महाअभियोगको प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टीमा लामो समयसम्म देखिएको विवाद समाधानका लागि भएको सम्झौता कार्यान्वयन नहुँदै फेरि विवाद सुरु गरेको प्रचण्डको आरोप छ ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध पूर्व एमालेका नेता यामलाल कँडेलले अविश्वासको प्रस्ताव ल्याएपछि दुई अध्यक्षबीच फेरि विवाद सुरु भएको थियो । शाही र कँडेल दुवैसँग ओली प्रचण्डले छुट्टा छुट्टै छलफल गरेका छन् ।