logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोरबिजोर उल्लंघन गर्ने ८९५ सवारीसाधनलाई कारवाही


अंकुरण खबर
832
Shares

ट्राफिक प्रहरीले जोरबिजोर नियम उल्लंघन गर्ने ८९५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

बिजोर गते जोर नम्बरको सवारीसाधन चलाएको कारण हिजो ती सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा ७२८ दुई पाङग्रे र १६७ वटा चार पाङ्ग्रे छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढेपछि सरकारले नम्बर प्लेटको आधारमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

अहिले काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

आज उपत्यकामा जोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।