logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मालपोत कार्यालय दैलेखबाट ५ हजार घुससहित २ जना पक्राउ


अंकुरण खबर
754
Shares

मालपोत कार्यालय दैलेखमा ५ हजार रुपैयाँ घुससहित २ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १ जना मालपोत कार्यालय दैलेखकका खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढा छन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खरिदार खनाल र लेखापढी व्यवसायी बुढालाई पक्राउ गरेको हो ।

जग्गा नामसारीमा सहजीकरण गरिदिने भन्दै खरिदार खनालले सेवाग्राहीसँग घुस माग गरिरहेका थिए । उनले घुस रकम बुझ्नका लागि लेखापढी व्यवसायी बुढालाई परिचालन गरेका थिए ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा खनाल र बुढालाई मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।