logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठानमा बस दुर्घटना : एकको मृत्यु, तीन जनाको अवस्था गम्भीर


अंकुरण खबर
637
Shares

प्युठानको माण्डवी गाउँपालिका-२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसारदाङबाट प्युठान जाँदै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा दाङका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।

त्यस्तै, दुर्घटनामा प्युठानको माण्डवी गाउँपालिका-१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिकाकी ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।