logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नेप्सेमा दोहोरो अंकको वृद्धि


अंकुरण खबर
1.092K
Shares

सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । १३.५८ अंकले बढेको बजार १५७०.३८ अंकमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इन्डेक्स २.६२ अंकले बढेर ३१०.८२ मा पुगेको छ । दोहोरो अंकले बजार बढे पनि कारोबार रकम भने ९७ करोड ९० लाख ९४ हजारमा सिमित भएको छ ।

सोमबार १८९ कम्पनीको ३३ लाख ५३ हजार सेयर खरिदबिक्री भएको छ । आज बैंकिङ समूहको उपसूचक ७.६७, होटल १४.१६, विकास बैंक ३०.४३, जलविद्युत् ४३.८६ अंकले बढेको छ ।

त्यसैगरी फाइनान्स १६.२६, निर्जिवन बिमा ९९.५२, उत्पादन ७.१७, अन्य ७.६, माइक्रोफाइनान्स १०.६४, बिमा ५०.५९ र म्युचुअल फण्ड ०.०४ अंकले उकालो लागेको छ ।

व्यापार समूहको उपसूचक भने १.६९ अंकले घटेको छ ।

आज जनरल इन्स्योरेन्सका लगानीकर्ता सर्वाधिक कमाएका छन् भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।