logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषदको बैठक बस्दै, कोभिड-१९ का संक्रमितको उपचार नगर्ने निर्णयबारे के होला ?


अंकुरण खबर
845
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक तय गरिएको हो। सोमबारका लागि मन्त्रिपरिषद् बैठक तय भए पनि बसेको थिएन।

कोरोना संक्रमणको उपचार खर्च सरकारले नव्यहोर्ने निर्णयमा सबैतर्फबाट आलोचना व्यहोरिरहेकोले मंगलबारको बैठकमा यो विषयमा छलफल गर्न सक्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना संक्रमितको उपचार र परीक्षण खर्च संक्रमितले आफैँ व्यहोर्नुपर्ने निर्णयका कारण ओली सरकार प्रतिपक्षी र सर्वसाधारण माझ मात्र होइन, आफ्नै पार्टीभित्र पनि आलोचित बनेको छ ।

असोज १९ गते सरकारले यस्तो निर्णय गरेको थियो । उक्त निर्णय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेपछि आलोचना भएको हो । संविधानको मौलिक हक र सर्वोच्च अदालतको आदेश विपरीत हुने गरी सरकार कोरोना संक्रमितको उपचार र परीक्षण गर्ने दायित्वबाट पछि हटेको छ ।