logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा थपिए १,७०२ जना कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

काठमाडौं उपत्यकामा थप १,७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १,७०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौ उपत्यकामा सङ्क्रमितको सङ्ख्या दिनहु जसो बढ्ने क्रम जारी रहेको छ ।