पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ९६ हजार ६ सय ९ जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ ४ प्रतिशत रहेको छ ।