गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ९७६ पुगेको छ ।
आज थपिनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् । सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।