logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा एकै दिन कोरोना संक्रमणबाट श्रीमान-श्रीमतीको मृत्यु


अंकुरण खबर
650
Shares

मोरङमा कोरोना संक्रमणका कारण एक दम्पतीको मृत्यु भएको छ ।

मोरङको रंगेली नगरपालिका–४ का ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

करिब १२ घण्टाको अन्तरमा छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् ।

सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङहोममा मृत्यु भएको हो भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो ।

उपचारका क्रममा पीसीआर परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।