logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुनर्निमित रानीपोखरीको आज उद्घाटन


अंकुरण खबर
1.235K
Shares

भुकम्पले भत्काएर पुनर्निमित गरेको रानीपोखरीको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन्।

रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले आज बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुपमा बनाइएको छ। मन्दिरको ऐतिहासिक स्वरुपलाई ध्यान दिई रानीपोखरीको पुनर्निर्माण गरिएको हो ।

भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ। राजधानीको केन्द्र स्थानमा रहेको रानीपोखरी ऐतिहासिक पक्षको जगेर्णा गर्दै पर्यटकीय गन्तव्य पनि बन्ने विश्वास गरिएको छ ।