logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
884
Shares

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गडी-४, सुनसरीकी संक्रमित  ५५ वर्षीया महिलाको मंगलबार राति ९ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

४ गते नै अस्पताल भर्ना भएकी उनको सोही दिन नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनमा पहिलेदेखि नै हाइपरटेन्सको समस्या भएको अस्पतालले जनाएको छ ।