नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।