logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुनचाँदीको भाउ बढ्यो


अंकुरण खबर
767
Shares

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।