logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
819
Shares

नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा रुपन्देहीका दुई र माग्दीका एक जना छन् ।

रुपन्देही–११ का देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं.१७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २४ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन् । उनमा उच्च रक्तचापको समस्या रहेको थियो । यस्तै असोज २७ गते संक्रमण पुष्टि भएका ८१ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

यता म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

असोज २९ गते सङ्क्रमण भएपछि उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।