गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले दसैं भत्ताबापतको रकम कोरोना कोषमा जम्मा गरेका छन् ।
प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दसैं भत्ताबापतको रकम प्रदेशको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले यस्तो निर्णय भएको जानकारी दिए ।
गण्डकी प्रदेशका मन्त्रीहरुले यसअघि पनि एक महिनाको पारिश्रमिक कोभिड कोषमा जम्मा गरेका थिए ।
प्रदेश सरकारले कोरोना महामारीका बेला चाडबाडमा भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न समेत आग्रह गरेको छ ।