logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु


अंकुरण खबर
1.3K
Shares

दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका २ बान्द्रेमा बुधबार बिहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक र अर्को एकजनाको मृत्यु भएको हो । टिपर चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० साँगाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको हो ।

दैलेख प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।