राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो ।
त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।
यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।