राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दशैं भत्ता र दुई महिनाको पारिश्रमिक तलब कोरोना कोषलाई प्रदान गरेकी छिन् ।
कोरोना भाइरसको महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले राष्ट्रपति भण्डारीले यो आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र दसैँ भत्ता कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’