logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ऐतिहासिक दरबार हाइस्कूल उद्घाटन


अंकुरण खबर
1.235K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खा भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्मित दरबार हाइस्कूलको उद्घाटन गरेकी छिन् ।

२०७२ बैशाख १२ मा गोर्खाको बारपाक केन्द्रविन्दू भई गएको भूकम्पका कारण क्षतिग्रस्त दरबार हाइस्कूल केही समयअघि निर्माण सम्पन्न भए पनि बुधबार राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै यस भवनको समेत उद्घाटन गरेकी हुन् ।

भूकम्पले क्षतिग्रस्त भएको राणाकालीन दरबार हाइस्कूल चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको हो । चीनले गत माघमा नै निर्माण सम्पन्न गरेर सरकारलाई स्कूल हस्तान्तरण गरेको थियो ।

काठमाडौं महानगरपालिकाको रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन निर्माणका लागि चीन सरकारले सम्पूर्ण सहयोग गरेको थियो । ८५ करोडको लागतमा निर्मित चार तले सुविधासम्पन्न भवनमा ४० वटा कक्षा कोठा छन् ।

राणा शासनका संस्थापक जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि आफ्ना सन्तानलाई शिक्षादीक्षाको प्रबन्ध गर्न विसं. १९१० सालमा यो स्कूलको स्थापना गरेका थिए ।