logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसहितको टोली काठमाडौंमा


अंकुरण खबर
871
Shares

भारतीय गुप्तचर संस्था ’रअ’का चिफ सामन्त गोयलसहित ९ जनाको टोली काठमाडौं अवतरण भएको छ ।

उनीहरु विशेष विमान (आईएफसी ४६२०) बाट बुधबार दिउंसो १२: ४५ मा काठमाडौं अवतरण गरेका हुन् ।

रअ चिफको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि उनले सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको जनाईएको छ । उनको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने बताइएको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बेला ’रअ’को विशेष टोली काठमाडौं आएको हो ।