logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि मिति तय


अंकुरण खबर
1.521K
Shares

नेपाली राष्ट्रिय फुटबल टिमले खेल्ने मैत्रीपूर्ण खेलका लागि मिति तय भएको छ ।

कोरोना भाइरसको महामारी पछि नेपालले पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न थालेको हो ।

बंगलादेश फुटबल महासंघ (बीएफएफ) सँग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय भएको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति तय भएको हो।

नेपाल बंगालदेशसँग नेपाली मितिअनुसार नेपालले पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।

दुवै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाइएको छ ।

नेपाल सरकारले अनुमतिसँगै बीएफएफले आवश्यक तयारी सुरु गरेको थियो । नेपालले अब मैत्रीपूर्ण खेलका लागि तयारी थाल्नेछ ।

पछिल्लो समय राखेप पनि राष्ट्रिय टोलीको तयारीका लागि स्वीकृत गरेको थियो । नेपालले मैत्रीपूर्ण खेलका लागि दसैँपछि तयारी गर्नेछ ।