नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ ।
आज नेप्से १३.९४ अंकले बढेर १ हजार ५ सय ९७ दशमलव ७१ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार बुधबार कूल १९२ वटा कम्पनीको ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, बुधबार कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको २४ करोड २९ लाख ५७ हजार ८ सय ७ रूपैयाँ बराबरको कारोबार भएको छ ।