logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै


अंकुरण खबर
1.378K
Shares

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्ने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक (बुधबार)आजै ४ बजे बस्ने तयारी भएको हो । बैठकमा देशमा विकसित भएको पछिल्लो घटनाक्रमको बारेमा छलफल हुने तयारी भएको स्रोतको दाबी छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनेछन् ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ ।

परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य–सचिव भएर काम गर्ने व्यवस्था छ ।