logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपालमा आज एकैदिन थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.573K
Shares

नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५ हजार ७४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २९९६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ९९ हजार ६०५ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ७९१ जनाको मृत्यु भएको छ ।