logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसबाट एकै दिन २६ को मृत्यु, मृतकको संख्या ७९१ पुग्यो


अंकुरण खबर
1.521K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । योसहित नेपालमा कोरोना संक्रमणबाछ मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

आज नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ भने दुई हजार ९९६ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा आजसम्म एक लाख ४४ हजार ८७२ जनामा कोरोना संक्रमण भएको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ छ, भने निको हुनेको संख्या ९९ हजार ६०५ पुगको छ ।