logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २,९९६ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ९९ हजार ६ सय ५ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार आज २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ६५ जना क्वारेन्टाइनमा छन् ।  नेपालमा ४४ हजार ४  सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।