logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दसैं बिदामा पनि कोभिड अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन हुने : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
884
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं बिदामा पनि कोभिड-१९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताएका हुन् ।

उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए ।

देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज देशभर५ हजार ७४३ नयाँ संक्रमित थपिएसँगै संक्रमतिको संख्या १ लाख ४४ हजार ८७२ पुगेको हो ।