logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किन कमजोर हुन्छन् क्यान्सर रोगी ? विशेषज्ञका अनुसार किमो लिएका बिरामीले यस्ता सावधानी अप्नाउनुस् …


अंकुरण खबर
3.991K
Shares

क्यान्सरका बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन् । प्राणघातक र महंगो मानिने क्यान्सरकै कारण धेरैले जवानमै ज्यान गुमाउनु परेको छ । क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापीको चर्चा पनि छ । के हो किमोथेरापी ? यसले के काम गर्छ ?  किमो दिएका बिरामी किन कमजोर हुन्छन ? उनीहरुले के कस्ता सावधानी अप्नाउनु पर्छ ? अंकुरण खबरका लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.रोशन प्रजापति यसो भन्छन्…

पछिल्ला वर्षाहरुमा क्यान्सर रोगका बिरामीहरु दिनप्रतिदिन बढिरहेको पाइन्छ । अस्वस्थ खानपान, विलासी जीवन शैली र वंशाणुगत गुणका कारण पनि क्यान्सर रोगका बिरामीहरु बढेका छन् ।

क्यान्सर किन हुन्छ ?
क्यान्सर वातवरणीय र वंशाणुगत दुबै कारणले हुनसक्छ । अस्वस्थ खानपान, बिलासी जीवशैली, तनाव,वातावरणिय प्रदुषण,धुलो–धुँवा, रसायन, विकिरिण आदिको कारणले हुन्छ ।

करोडौ सुक्ष्म कोषहरुले मावन शरिर बनेको हुन्छ । यस्ता कोषमा कुनै कारणवश खराबी आयो भने अनियन्त्रित रुपमा धेरै कोषहरु जन्मन्छन् । पछि त्यही मासुको डल्लो(ट्युमर)बन्छ । र पछि त्यही क्यान्सरको रुपमा देखापर्छ ।

किमोथेरापीले के काम गर्छ ?

क्यान्सर रोगीहरुमा भएको क्यान्सर कोषहरुलाई नष्ट गर्न किमोथेरापीको प्रयोग गरिन्छ । क्यान्सरका कोषहरु तिव्र गतिमा फैलनी भएकाले त्यस्ता कोषहरुलाई बढ्न र विभाजित गर्नबाट रोकेर काम गर्छ ।

किमोथेरापी लिएका बिरामीमा के कस्ता लक्षण देखिन्छन् ?
रौँहरु झर्ने ।
कमजोरी हुने ।
रोगप्रतिरोधात्मक क्षमता कम हुने ।
तौल कम हुने ।
हड्डिहरु कमजोर हुने ।
खाना मन नलाग्ने आदि लक्षण देखिन्छ ।

के सबै क्यान्सरका बिरामीलाई एकै प्रकारको किमोथेरापी दिइन्छ ?

हैन्, बिरामीको अवस्था हेरेर आवश्यक्ता अनुसार किमो चलाइन्छ । क्यान्सर कुन अंगमा छ ? कुन चरणमा पुगेको छ ? के कति पटक आवश्यक छ ? बिरामीको उमेर,अन्य रोग छ छैन्, सबै कुरा हेरेर यसको निर्धारण गरिन्छ ।

किमोथेरापी लिएका बिरामी किन धेरै कमजोर हुन्छ ?
किमो दिँदा प्रयोग गरिने औषधि निकै शक्तिशाली हुन्छ । यसले क्यान्सरका सेल संग–संगै,नर्मल सेल पनि मार्नुको साथै रोग प्रतिरोधक क्षमतामा क्षति पु¥याउछ । जसले गर्दा क्यान्सर जति कम हुन्छ, त्यसको धेरै गुना इम्यून सिस्टम कमजोर हुन्छ ।

किमोथेरापी गरेका बिरामीले के कस्तो सावधानी अप्नाउनु पर्छ ?
क्यान्सर जटिल रोग भएकाले नै यसलाई प्राणघातक रोग भनिएको हो । यो रोगको उपचारमा प्रयोग गरिने किमोथेरापीले धेरै असर गरेको हुन्छ शरिरमा। किमो लिरहेका बिरामीमा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पटक पटक इन्फेक्सन हुने, सामान्य चोटपटक वा रोग लाग्दा पनि निको नहुने हुन्छ । अहिले त झन कोरोनाको महामारी छ । दशैं तिहार,छठ जस्ता चाडबाड नजिकिदै छन् । चाडपर्व मनाउँदा सावधानी नअप्नाए क्यान्सर लागाएतका दीर्घ रोगीलाई धेरै समस्या हुन सक्छ । किमो लिरहेका बिरामीले थोरै मात्र हेलचक्राई ग¥यो भने ज्याननै जाने खतरा रहन्छ । यसले गर्दा बिरामी र आफ्न्त स्वास्थ्य प्रति बढी सावधान रहनुपर्छ ।

क्यान्सरबाट बच्न के गर्ने ?
सबै भन्दा महत्वपूर्ण कुरा भनेकै बंशाणुगत गुण बाहेक स्वस्थ खानपान,नियमित शारीरिक व्यायम, नियमित स्वस्थ परीक्षण, तनाव रहित सक्रिय जीवन शैली,स्वस्थ वातवरण अबलम्वन गर्न सके क्यान्सरबाट बच्न सकिन्छ ।