logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बडादसैंको छैटौं दिन, साहसकी प्रतीक कात्यायनीको पूजा गरिँदै


अंकुरण खबर
988
Shares

आज बडादसैंको छैटौं दिन कात्यायनी भगवतीको पूजा आरधाना गरिदैँछ ।

कात्यायनी भगवतीलाई साहसको प्रतीकका रुपमा लिइन्छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । आज देवीमन्दिर, शक्तिपीठ तथा दसैंघरहरुमा देवी कात्यायनीको पूजाआराधना भइरहेको छ ।